Ads

एमालेको पार्टी कार्यालयमै पस्यो बाढी


काठमाडौं । नेकपा (एमाले)को पार्टी कार्यालय च्यासलमा बाढी पसेको छ । सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमासमेत क्षति पुर्‍याएको हो ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको भन्दै उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन् ।

नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको उनको बुझाइ छ । उनकाअनुसार कार्यालयमा रहेको  गार्डेन जलमग्न भएको छ । भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले जानकारी दिएका छन् ।

भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू