Ads

दलीय आधारमा एक-एकजनाले बोलेपछि गृहमन्त्रीले जवाफ दिने


काठमाडाैँ । कार्यव्यवस्था परामर्श समिति बैठकमा सदनलाई नियमित अगाडि बढाउने सहमति भएको छ।

बैठकमा दलीय आधारमा एक-एक जनाले आकस्मिक समय प्रयोग गर्ने गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति भएको हो।

सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।
आज बिहान सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा सदन खुलाउने सहमति भएको थियो। साेमबार पनि सदन खुलाउने विषयमा शीर्ष नेताहरूबीच विभिन्न चरणमा छलफल भएकाे थियाे।

Ads

सम्बन्धित पोष्टहरू