Ads

अमेरिकाको टेक्सासमा नेपाली कल्चर सिकाउदै डिभास फाउन्डेसन


टेक्सास । अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवी दिदीबहिनीले सन्चालन गरेको दिभास फाउण्डेशनले पेरेन्स डे को कार्यक्रम आयोजना गरेको छ । २ महिना अघिदेखि संचालन गरेको समर कक्षामा करिब ४० नेपाली  विद्यार्थीहरुले अध्यन गरेका थिए ।

२०० हाराहारी सदस्य रहेको यस सस्थाको उद्देश्य भनेको नेपाली भाषा, नेपाली संस्कृती सिकाउनु, महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दुःख पाएकालाई सहयोग गर्ने,  नेपालबाट अध्यनका लागि आउने चेलीबेटीलाई सकेसम्म सहयोग गर्ने संस्थाको मुख्य कार्य रहेको  संस्थाका सदस्यहरुले बताएका छन् ।

अध्यक्ष लक्ष्मी भण्डारीको सभापतित्व रहेको कार्यक्रमलाई बिनिमा सुबेदीले संचालन  गरेकी थिइन् । उपाध्यक्ष बिर्ती रिसाल,  सचिव मिता कार्की र सहसचिवमा अजिता कँडेल, फाउडिङ मेम्बर रिमा पौडेल, भगवती चालिसे, सत्या सापकोटाले कार्यक्रमलाई शसक्त बनाउन उत्तिकै भुमिका खेलेका थिए ।

नेपाली मन्दिरको हलमा गरिएको उक्त कार्यक्रममा समाजका विशिष्ट ब्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो । प्रमुख अथितीमा समाजसेवी एबम  सफल व्यावसायि यमुना भट्टराई थिइन भने युलेस काउन्सिल सदस्य टिका पौडेल , नेपाल अमेरिका पत्रकार (नेजा) का अध्यक्ष सुरज भण्डारी, मन्दिरका बोर्ड अफ टस्टीका अध्यक्ष रमेश पोख्रेल, एनएसटीका उपाध्यक्ष जनक भण्डारी,  टेक्सास चेप्टरका अध्यक्ष  सफल युवा व्यवसायी ओजेस उप्रति, रन्जन राना लगायत पत्रकार, बुद्धिजीवीबर्गको उपस्तिथि रहेको थियो ।

संस्थाले हालसम्म गरेका काम र आगामी दिनमा गर्ने कामको बारेमा बिनिमा सुबेदीले बताएकी थिइन् भने मन्तब्यको क्रममा यमुना भट्टराई र टीका पौडेलले यस संस्थालाई आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएका थिए । त्यस्तै नेजाका अध्यक्ष सुरज भण्डारीले यो संस्थाले गरेका कामको प्रसंशा गर्दै  नेपाली दिदीबहिनीहरुले गरेको काम प्रति आफुले भरपुर सहयोग गर्ने जानकारी गराएका थिए ।

विभिन्न भेष-भुषामा सजिएका स-साना बालबालिकाहरुले नेपाली गितहरुमा नाचेर दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए । नेपालका पर्यटकीय स्थल लुम्बिनी , चितवन निकुञ्ज, बौद्ध स्तुपाको बर्णन गर्दै अमेरिका बाट नेपाल जाँदा घुम्नको लागी दर्शकहरुसंग अनुरोध गरेर मन जितेका थिए । उद्घघोषीका द्धवय सपना महर्जन र रिजा काफ्लेले कार्यक्रम संचालनमा महत्त्वपूर्ण भुमिका खेलेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू