Ads

१४ घटना, २ को मृत्यु, ७ बेपत्ता


काठमाडौ\ देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायतका प्राकृतिक विपत्ले जनधनमा क्षति पु(याएको छ । देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर र धनुषाका रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काका अनुसार सात जना बेपत्ता भएका छन्। त्यस्तै पाल्पामा पहिरो जाँदा तीन जना घाइते भएका छन् । चितवन, बागलुङ, नुवाकोट र सिन्धुलीमा वर्षा र बाढीपहिरोका कारण जनजीवनमा असर पुगेको छ ।

कैलाली, कञ्चनपुरलगायतका तराईका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका छन्। अविरल वर्षा, बाढीपहिरो र डुबानमा परेर दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका र नौ घरपरिवार पूर्ण प्रभावित बनेको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार हालसम्म २० लाख रुपियाँभन्दा बढीको धनमाल क्षति भएको छ । बाढी पूर्वानुमान शाखाका दीपेन्द्र रिजालका अनुसार तराईतिर अझै पनि बाढी र डुबानको जोखिम कायम छ। पूर्वको कमला र पश्चिमको बबईमा बहाव बढेको छ ।

तथापि मध्याह्नदेखि वर्षा कम भएकाले नदीको बहाव स्थिरतातिर फर्के पनि वर्षा हुनासाथ फेरि बहाव बढ्न सक्ने सम्भावना कायमै रहेको शाखाले जनाएको छ। कमला नदीमा बहाव बढ्दा शाखाले राखेको बाढी मापन गर्ने सेन्सर नै बगाएको छ ।

मध्यक्षेत्रको काठमाडौँ उपत्यकामा रातभर वर्षा हुँदा यहाँका बागमती, विष्णुमती, रुद्रमतीलगायतका ठूला तथा साना नदीको बहाव बढेर विभिन्न क्षेत्रलाई डुबानमा पारेको छ। चितवन, मकवानपुर, नवलपरासी क्षेत्रमा पनि वर्षाले नारायणी, राप्तीलगायतका ठुला तथा मझौला नदीमा बाढी बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना छ। सोमबार रातिको जस्तो ठुलो वर्षा नभए पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। शुक्रबारसम्म नै आकाशमा बदली र वर्षाको क्रम निरन्तर रहने अनुमान महाशाखाले गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू