काठमाडौं । नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।
टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ । ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्