काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
एमालेले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । यो विषयमा सत्तापक्ष सहमत छैन । दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सदनको अवरोध लम्बिँदो छ ।
संसद् बैठकअघि शीर्ष नेताबीच छलफल भएको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा पनि एमालेको अवरोध कायमै हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्