Ads

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै


पोखरा । गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । एक महिनापछि पछि प्रदेशसभा बैठक बस्न लागेको हो। असार २२ गते चालु आर्थिक वर्षको बजेट पास भएसँगै प्रदेशसभा स्थगित भएको थियो ।

बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले आफ्नो भनाइ राख्नेछन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधन गर्नेछन् । आजै मिनी संसद अर्थात संसदीय समितिको टुंगो लगाएर संसदमा जानकारी गराउने भनिएको छ । तर, दलहरूबीच भागबन्डा नमिल्दा रोकिन सक्ने संसद सचिवालय स्रोतले बताएको छ ।

गण्डकी प्रदेशसभाका सदस्यले पुस १४ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । भागबन्डा नमिल्दा संसद सुरु भएको ७ महिनासम्म पनि संसदीय समिति गठन हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेले २/२ समितिको नेतृत्व पाउनुपर्ने अडानमा छन् । नेकपा माओवादी केन्द्रले पनि एउटा समितिको नेतृत्व पाउनुपर्ने दाबी गरेपछि संसदीय समिति गठनमा ढिलाइ भएको हो । समिति गठन नहुँदा संसदको काम कारबाही प्रभावित बनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू