Ads

सेतो कोटमै डाक्टर र कर्मचारी अनिवार्य उपस्थित गराउन अस्पताललाई उर्दी


काठमाडौं । काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी गरेका छन् ।

भोलि शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन भएको भन्दै अस्पतालहरूले परिपत्र गरेका छन् ।
एकसय दिनका उपलब्धि र सुधारका पहलबारे राखिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने मन्त्रालयले जनाएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको हो । यस्तो प्रचलन पञ्चायतकालमा राजाको सवारीमा समेत नहुने कर्मचारीहरू बताउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू