Ads

शिक्षासम्बन्धी ऐनको विरोधमा निजी विद्यालय संगठनको प्रदर्शन


काठमाडौं । काठमाडौं । शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरी सरकारले शिक्षासम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

विद्यालय क्षेत्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याब्सन, हिसान र प्याब्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं?, शिक्षामा विभेद किन गछौं लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रस्तावित विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए ।

गुठीमा भएका विद्यालयले नै दु:ख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए। शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउँदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्।

जसअनुसार साउन २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरूले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू