Ads

कानुनमन्त्री गुरुङ अस्वस्थ्य, मनमोहन कार्डियोमा भर्ना


काठमाडाैँ । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ अस्पताल भर्ना भएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार बिहान काम गरिरहेका बेला मन्त्री गुरूङलाई एक्कासी असजिलो भएको थियो।

‘मन्त्रालयमा काम गरिरहेका बेला उहाँलाई असजिलो भएपछि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो,’ मन्त्री गुरूङका स्वकीय सचिव प्रेम केसीले भने, ‘परीक्षण गर्दा मुटुको धड्कम कम र ब्लड प्रेस पनि देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ल्याइएको हो।’

मन्त्री गुरूङलाई बिहीबार बिहान ११ बजे सेन्टरमा भर्ना गरिएको हो।

Ads

सम्बन्धित पोष्टहरू