Ads

बकुल्लाको बासस्थान नमास्न आग्रह


मेचीनगर\ मेची चरा तथा बन्यजन्तु संरक्षण समाजले मेचीनगर–१० धुलावारी चोकमा रहेका पिपल र आँपका रुखमा चराले बच्चा हुर्काइरहेको हुँदा ती रुख नमास्न नगरपालिकालाई आग्रह गरेको छ ।

समाजका अध्यक्ष देबेन्द्र खरेलसहितको टोलीले आज नगरपालिकाका उपप्रमुख मीना उप्रेती र मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाललाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाउँदै चरा र तिनको बासस्थानको संरक्षणको माग गरेको हो ।

नगरपालिका र वडा कार्यालयलाई बुझाइएको पत्रमा ती रुखहरुमा वर्षौदेखि बकुल्ला प्रजातिका चराहरुले गुँड बनाएर बर्खा याममा बच्चा कोरल्ने गरेको जानकारी गराउँदै चराले फोहोर गरेको बहानामा रुखै काट्ने र चरा लखेट्ने जस्ता वातावरण अमैत्री कुनै पनि गतिविधि नगर्न समाजले चेतावनी दिएको छ ।

केही दिन अघि विर्तामोडको एक सञ्चारमाध्यममा चराका कारण स्थानीय बासिन्दा धमाधम बिरामी फैलिन थालेको भनेर भ्रामक समाचार आएको समेत समाजले आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

कुन चराका कारण कति बिरामी भए र ती बिरामीको उपचार कुन अस्पतालमा भइरहेको छ भन्ने विषयमा तथ्य सार्वजनिक गर्न समेत समाजले चुनौति दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू