Ads

प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौं । नेकपा (एमाले)का कारण पटक–पटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारकाे बैठकमा नाराबाजी गरेको थियो ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेले माग गर्दै आएको छ। आज प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि संसद् सचिवालय वेभसाइटमा कुनै कार्यसूची भने सार्वजनिक गरेकाे छैन । यसर्थ बुधबारकै कार्यसूचीका आधारमा बैठक बस्ने अनुमान गर्न सकिन्छ । बुधबारको बैठकको सम्भावित कार्यसूची यस्तो थियाे :

Ads

सम्बन्धित पोष्टहरू