Ads

छोराको हत्या गर्ने २० वर्ष पछि पक्राउ


ढल्केवर \ आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ । हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो ।

२०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले जानकारी दिए ।
Ads

सम्बन्धित पोष्टहरू