Ads

सुनकाण्डमा मुछियो पूर्वप्रहरी महानिरीक्षक सिंहको नाम, पुगे प्रेस काउन्सिल


काठमाडौं । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद् भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको पनि नाम मुछिएको छ । काठमाडौँपाटी डटकम नामक अनलाइनले उनी पनि उक्त सुनकाण्डमा संलग्न भएको भन्दै समाचार लेखेको हो ।

उक्त अनलाइनले आफूलाई सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लगाएको भन्दै सिंहले प्रेस काउन्सिल गुहारेका छन् । काठमाडौँपाटीविरुद्ध सिंहले बिहीबार काउन्सिलमा उजुरी दिएका हुन् ।

एउटा खबरमा आफ्नो नामसमेत सुन तस्करी प्रकरणमा जोडेको भन्दै सो खबरबाट आफ्नो प्रतिष्ठामा चोट पुर्‍याएकाले कारबाही गर्नुपर्ने माग उनले गरेका छन् । ‘भ्रमपूर्ण समाचार प्रकाशित गरी निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा अन्यौल सिर्जना गरेकाले कानुनी कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छु ।’ – सिंहले उजुरीमा भनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू