Ads

कपनमा पुरिएका खोलालाई आजदेखी पुरानै स्वरुपमा फर्काइँदै


काठमाडौं । काठमाडौको बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ ।

महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।

आज बिहान ११ देखि चखुँचाखोला खोल्ने महानगरको तयारी छ । महानगरका मेयर बालेन्द्र साह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच हिजो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिए । उनले बर्सेनि हुने बाढीको समस्या समाधान गर्न जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू