Ads

सुन तस्करी प्रकरण: थप २ चिनियाँ नागरिक पक्राउ


काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

सर्वाधिक खोजीमा रहेका उनीहरूलाई आज बिहान पौने ८ बजे पक्राउ गरिएको सीआईबी स्रोतले बताएको  छ । सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको छ । सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू