काठमाडौं । सभामुख देवराज घिमिरेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दैछन् । बिहान ९ बजे राष्ट्रपतिले भेटका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए । भेटमा संसदमा भएको अवरोधको बारेमा चासो राखेका थिए । एमालेको अवरोधका कारण लामो समयदेखि चलेको छैन ।
गत साउन २ गते पक्राउ परेको एक क्वीन्टल सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको माग छ । सरकार भने छानबिन समिति नबनाउने अडानमा छ ।
दुवैको अडानका कारण संसद चल्न सकेको छैन । आज राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउन पहलस्वरुप सभामुखसँग छलफल गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्