Ads

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा, तीन नयाँ खेलाडी थपिए


काठमाडौं । नेपालले मलेसियामा हुने टी-२० विश्वकप एसिया क्षेत्र छनोटका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । टिममा तीन नयाँ खेलाडीलाई समेट्दै १४ सदसिय टिमको घोषणा गरेको हो ।

पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीहरूमा पुजा महतो, रुवी पोदार र खुशी डंगोल रहेका छन् । नेपाली टिममा अन्य खेलाडी भने पुरानै अनुहारहरू रहेका छन् । आइसिसी वुमन्स विश्वकप टी-२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखि ९ सेप्टेम्बर्सेम्म खेल्ने कार्यतालिका रहेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई रहेका छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउने छन् ।

घोषित नेपालको टोली : रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु वर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

Ads

सम्बन्धित पोष्टहरू