Ads

सरकारले गौर हत्याकाण्डका पीडितसँग गरेको सहमति बदनियतपूर्ण छ- जसपा


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ।

जसपाले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकार र गौर हत्याकाण्डका पिडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको हो। सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार पाँचबुँदे सहमति भएको थियो।

पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन तत्कालिन माओवादी नेता प्रभु साह सहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे।

पत्रकार सम्मेलनमा नेता सुमनले भने,‘अचानक मुद्धाको उठान गरेर हामीलाई फसाउने काम भयो यसैसँग सम्बन्धित अन्य प्रतिवेदन लुकाएर सरकारले बदनियतपूर्ण व्यवहार गरेको छ।’ गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।

जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ । अव सरकारमा रहने नहरने निर्णय सरकार पक्षको व्यवहार हेरेर लिने नेता मनिष सुमनको भनाइ छ।

तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी केन्द्रको द्वन्द्वका क्रममा २०६३ चैत ७ गते गौरको राइस मिलमा भएको हिंसात्मक झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू