Ads

डा. सुनिल शर्मालाई रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश


काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई रिहा गर्न आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले तत्काल रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको नाममा पनि आदेश दिएको छ ।

प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो । शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । यो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू