Ads

प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण, सत्तापक्षकै विरोध


बिराटनगर\ कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिए पछि सत्तापक्षकै सांसदहरुले विरोध गरेका छन् । केहिले फिर्ता पनि गरेका छन् । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

चुलो बुझ्नेमा पुर्व मन्त्रीहरु समेत रहेका छन । ​ शुक्रवार सम्ममा १८ जना प्रदेश सभा सदस्यले चुलो लगिसकेको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्य इन्दिरा थापाले भने चुलो प्रदेशसभा सचिवालयमा नै फिर्ता गरेकी छिन् ।चुलो वितरण गर्न थालेपछि सत्तारुढ दलकै सांसदहरूले यसको विरोध गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भ्रष्ट्राचार र कमिसन मिलाई–मिलाई खानका लागि चुलो खरिद गरिएको आरोप लगाएका छन् । सांसदहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूबाट जनताले चुलो प्रयोग गरेर बिजुलीको खपत बढाउन सकिने रहेछ भनेर वितरण गरिएको मन्त्रालयका सचिव अरुणकुमार झाको दाबी रहेको छ ।

बोलपत्रमार्फत डबल पोर्ट वाला चुलो खरिद गरिएको मन्त्रालयले जनाएको छ । ९५ लाख रुपैयाँमा बोलपत्र स्वीकृत भएको जनाइएको छ । भ्याट बाहेक प्रति चुलो १३ हजार ४ सय ५० रुपैयाँका दरले खरिद गरेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए ।

राजेन्द्र राई नेतृत्वको सरकारले ग्यास चुलो विस्थापित गर्न भन्दै १ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९ र८० मा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू