झापा\ झापामा डेंगी संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । साउनयता जिल्लाभर ७३९ संक्रमित रहेकामा दमकमा मात्र ४ सय ४४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापाको बिर्तामोडमा संक्रमितको संख्या कम भएपनि २ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७७ रहेको छ । बिर्तामोड नगरपालिका वडा नं। ५ का एक महिला र पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।
झापामा संक्रमितहरु तीब्र रुपमा बढ्ने क्रममा साउन २६ गतेसम्म संक्रमितहरुको संख्या ७३९ पुगेको छ । ३१९ महिला र ४२० जना पुरुष संक्रमित भएका हुन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीका अनुसार संक्रमण नियण्त्रणका लागि स्तानीय तहहरुसंग समन्वय गरेर काम भइरहेको छ ।
स्थानीय तहहरुले डेंगु संक्रमण फैलन नदिनका लागि लार्भा नष्ट गर्ने र चेतनामुलक कार्यक्रमहरु गर्दै आएकाछन् । डेंगुको खास उपचार नभएकाले डेंगुको संक्रमण बच्नु नै सबैभन्दा बुद्धिमानी भएको बाह्कोटीले बताए ।
दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्र दमक वडा नं। ६ मा डेंगु परीक्षणका लागि आवश्यक ब्यवस्था मिलाएको जनाएको छ । यहाँ कीट मार्फत मापदण्डमा परेकाहरुको परीक्षण गरिने भनिएको भएपनि त्यति धेरै विरामीहरु यहाँ पुगेका छैनन् ।
दमकमा बालबालिकाहरुमा पनि डेंगुको संक्रमणदर उच्च रहेको छ । किओच बाल अस्पताल, सरकारी दमक अस्पतालमा मात्र साउनको तस्रो सातासम्ममा ५० जना भन्दा बालबालिकाहरुमा डेंगुको संक्रमण भएको सम्बन्धित अस्पतालहरुको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्