बिर्तामोड, सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासी धाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
सतासी धाम सामुदायिक वन उपभोक्ता समूह – झापा सतासी धाम –८ र माइ नगरपालिका इलाम ८० का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहनुभएका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । पक्राउ परेका ४ जनाविरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको बताएको छ ।
वन कार्यालयले १ महिना भित्र १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको जनाएको छ । डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले यस घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ । डिभिजन वन कार्यालय प्रमुख श्रेष्ठका अनुसार यो घटना अलि अगाडिको भए पनि अनुसन्धान प्रक्रिया पुरा गरेर पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्