काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी डा. आरजु राणा देउवालाई प्रधानमन्त्री र केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई कार्यवाहक सभापति बनाइए मात्र पार्टी एकढिक्का हुने दाबी गरेका छन् । डा. शर्माले टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुरकी पत्नी राणा आफ्नो अभिभावक रहेको भन्दै डा. शर्माले कांग्रेसमा सम्भावित विद्रोह रोक्ने हो भने उनलाई प्रधानमन्त्री र डा. कोइरालालाई पार्टीको कार्यवाहक सभापति बनाउनु पर्ने बताए ।
डा. शर्माले भने – ‘कांग्रेसलाई मिलाउने हो भने मसँग नयाँ फर्मुला छ त्यो के हो भने– गगन जी शेखर दाइहरू सबैले बसेर एक वर्षलाई आरजु देउवालाई प्रधानमन्त्री दिने । शेरबहादुर दाइले डा. शेखर कोइरालालाई १ वर्षको लागि कार्यवाहक सभापति दिने र त्यसपछिको प्रधानमन्त्री गगन, विश्वप्रकाश वा चन्द्र भण्डारी दाइहलाई दिने ।’
डा. कोइरालालाई पार्टी सभापति र प्रधानमन्त्रीसमेत बनाउनुपर्ने जिकिर गरेका उनले यो पाँच वर्षभित्रमा देउवा र कोइरालाबाटै कांग्रेस मिलाउन सकिने उनले बताएका छन् । शेखरपछिको नेतृत्वमा गगन, विश्वप्रकाश वा चन्द्र भण्डारीलाई अगाडि बढाउनु पर्ने उनको भनाइ रहेको छ ।
अगाडि भने, ‘यदि शेरबहादुर देउवा तयार हुनुभयो, यो म अर्को पुस्तालाई हस्तान्तरण गर्न तयार भए अब के हो त समाधान दिनुस् भनेर भनेको खण्डमा गगन, विश्वप्रकाश, डा शेखर(शशांकहरु प्रस्ताव गर्नुहुन्छ । ल शेरबहादुर दाइ भन्नुस् तपाईँलाई के गर्दाखेरि सजिलो हुन्छ, पुस्तान्तरण गर्न भन्दा, उहाँ ९शेरबहादुर०ले भन्नु हुन्छ ल म सभापति पनि छोडिदिन्छु १ वर्षलाई मेरो श्रीमतीलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर भन्नुभयो भने कांग्रेसभित्र नयाँ समाधान आउँछ ।’
प्रतिक्रिया दिनुहोस्