काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् ।
गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै आक्रोश पनि पोखेका छन्।
‘प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ। उहाँले आफैं राजीनामा दिनुपर्ने हो’, उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन्र? गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो।’
तर उनले प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी गरे। ‘बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन’, उनले भने, ‘गृह र अर्थमन्त्री त अहिले पनि झन्डा हल्लाएर हिँडेका छन्। नैतिकता भन्ने अलिकति पनि रहेनछ।’
प्रतिक्रिया दिनुहोस्