काठमाडाैँ । ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ।
नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा साउन २५ गते महोत्तरी पिपरा गाउँपालिका–८ का रञ्जितकुमार यादव पक्राउ परेका थिए ।
एउटै नाम भएका व्यक्ति भएकाले अर्कोलाई सीआईबीले पक्राउ गरेको मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले बताए । ‘एक जना जनकपुरका रहेछन् । अर्का जनकपुर पढेका रहेछन् प्रहरीले जसलाई पहिला भेट्टायो उसलाई समाएछ,’ रजिष्टार अधिकारीले भने ।
उनी ३ दिनदेखि हिरासतमा बसिरहेका छन् । नामबाहेक अरू केही मिलेको छैन । नक्कली र सक्कली दुवै जनाले जनकपुर पढेको मेडिकल काउन्सिलले जनाएको छ ।
तर, सीआईबीले भने यस विषयमा अनभिज्ञता जनाएको छ । ‘हामीले यसबारे बुझ्दै छौं,’ सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले लोकान्तर भने ।
प्रहरीले अहिलेसम्म नक्कली डाक्टरको अपरेसनमा ८ जनालाई पक्राउ गरेको छ । जसमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनी छुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्