Ads

कैदी मृत्यु प्रकरण : प्रहरी सहायक निरीक्षक पक्राउ


विराटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदी बन्दीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘मृतकका आफन्तले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि चौधरिलाइ नियन्त्रणमा लिएको उनले बताए । कारागार प्रमुख राजेन्द्र घिमिरे फरार छन् । घिमिरेले विरुद्ध पनि पक्राउ अदालतबाट पुर्जी जारि भएको छ ।

पक्राउ परेका चौधरिलाइलाई आइतबारबाट लागू हुने गरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बुधवार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी मृत्युको घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू