Ads

टक्सार महाशाखामा कडा सुरक्षाबीच तस्करीको सुन जोख्ने प्रक्रिया सुरु


काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुको सुन निकाल्न थालिएको छ।

सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा कडा सुरक्षाबीच सुनसहितको कार्टुन खोलिएको छ । एउटा कार्टुनमा २० वटा ब्रेक सु रहेको जनाइएको छ ।

त्यसबाट सुनलाई छुट्याएर गाल्ने र तौलिने प्रक्रिया सुरु गरिएको हो । विभाग स्रोतका अनुसार आज ब्रेक सुबाट सुन छुट्याउने प्रक्रिया पूरा हुन्छ । त्यसपछि गाल्ने र तौलिने प्रक्रिया सुरु गरिने जनाइएको छ ।

राजस्व, भन्सार, सीआईबीलगायत निकायको संयुक्त टोलीले सुन छुट्याउने र गाल्ने तथा तौलिने प्रक्रिया पूरा गर्नेछ ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजश्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो। साउन ४ गते विभागले उक्त सुन जोख्न महाशाखामा पठाएको थियो। तर पत्र नपाएपछि महाशाखाले जोखेको थिएन।

सिआइबीले पत्र पठाएपछि भने महाशाखाले उक्त सुन जोख्ने तयारी गरिरहेको हो।

Ads

सम्बन्धित पोष्टहरू