काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
२५ साउनमा उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे थियाे। जिल्ला अदालतकाे आदेशपछि उनी २६ साउनमा रिहा भएका थिए।
आफूलाई २५ साउमा पक्राउपूर्जी पनि नदिएरै पक्राउ गरेको बताउँदै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण बस्ने चेतावनी दिए।
आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे ।
‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ ?’
प्रतिक्रिया दिनुहोस्