Ads

सुनिल शर्माले सरकारलाई ‘आतंककारी’ भनेपछि माओवादीको आपत्ति


काठमाडाैँ । नेपाली कांग्रेसका सांसद सुनील शर्माको भनाइमा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

कांग्रेस सांसद शर्माले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्ननुभएको छ किन डेमोक्रेटिकको नेतृत्व गरिराख्नुभएको छ ? भनेर प्रश्न गरेका थिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले शर्माको भनाइप्रति आपत्ति जनाएका हुन् । उनले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ । यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू