Ads

‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई संकल्पका रुपमा लिएका छौं”: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारभन्दा पनि आफ्ना लागि सुशासन, सामाजिक न्याय र समृद्धि महत्त्वपूर्ण भएको दाबी गरे।

उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं। यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं। हामी सही बाटोमा हिँडेका छौं। भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सही होइन।’ आफ्‍नो कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको दाबी गरे।

उनले भने, ‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी आफ्ठ्यारोमा छैनौं। हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ।’ प्रधानमन्त्री प्रचण्डले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइँमा पुर्‍याउने दाबी गरे।

Ads

सम्बन्धित पोष्टहरू