Ads

एमालेले तोक्यो प्रतिनिधि चयनको मापदण्ड


काठमाडौँ\ नेकपा एमालेले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड र क्षेत्र निर्धारण गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधि चयनका लागि पालिकालाई निर्वाचन क्षेत्र तोकेको छ।

यस्तै कमिटीमा युवा सहभागिताको सुनिश्चितता गर्नुपर्ने निर्णय पनि गरेको प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘प्रदेशमा १० प्रतिशत, जिल्लामा १५ प्रतिशत, पालिकामा २० प्रतिशत र वडा र टोलमा एकतिहाई युवा प्रतिनिधित्वको सुनिश्चित गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ। जसअनुसार भदौ १६–१७ मा लुम्बिनी, असोज ५–६ मा मधेश, असोज ८–९ मा बागमती, असोज १०–११ मा कर्णाली, असोज १२–१३ मा कोशी, असोज १५–१६ मा गण्डकी, असोज १९–२० मा उपत्यका विशेष र असोज २१–२२ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू