Ads

श्रीलंका टापुनै जोखिममा, बस्तिनै सार्न शुरु


ईटहरी\ सप्तकोसी नदीले कटान तिब्र पारे पछि सुनसरीको श्रीलंका टापुको बस्तिनै सार्न थालिएको छ । सप्तकोशीको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान तिब्र पारेको हो ।

कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घर सार्न सुरु गरिएको टापुका स्थानीय अनिल चन्द्रवंशीले बताए । टापुमा असारदेखि नै कोसीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ । अहिले १ किलो मिटर भन्दा बढी कटान भइसकेको छ । कटानको जोखिममा परेको वराहक्षेत्र ९ गरैया टोलका विश्वनाथ उराउको घर सारिएको टापुका अनिल चन्द्रवंशी बताउँछन् ।

अनिलका अनुसार अजवलाल उराउ, कालु उराउ, रामचन्द्र उराउ, नुनु उराउ, रिजाल उराउ र दुखी तत्माको घर पनि जोखिममा परेको छ । श्रीलङ्का टापुको चिलैया र गरैया क्षेत्रमा कोसीले कटान गरिहरेको छ ।

आइतबार रातिदेखि सप्तकोसी नदीमा आएको बाढीले पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । सोमवार कोसी कटान क्षेत्र श्रीलङ्का टापुका स्थानीय बासीहरूसँग प्रकोपको पूर्व तयारी बारे वराहक्षेत्र नगरपालिकाले छलफल गरेको छ ।

वराहक्षेत्र नगर प्रमुख रमेश कार्की सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुखसहित टापु पुगेका थिए । नगर प्रमुख कार्कीले स्थानीय बासीहरूसँग छलफल , पूर्व तयारी , कटानको अवस्था , सुरक्षित स्थान बारे स्थानीय सँग जानकारी र प्रकोपको पूर्व तयारी बारे छलफल गरेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू