Ads

पाँच पटक म्याद थपे पनि बनेन स्वास्थ्यचौकी


तेह्रथुम \ फेदाप गाउँपालिका–५, इसिबुमा निर्माणाधीन स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र छ । पाँचौँ पटकसम्म म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।

पटक पटक ताकिता गर्दा पनि ठेकेदारले काम सम्पन्न नगरेको फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवालले बताएका छन् ।२०७१ जेठ २६ मा नीलगिरि निर्माण सेवाले ठेक्का सम्झौता गरी निर्माण थालेको यो भवन अहिलेसम्म निर्माण कार्य सम्पन्न नहुँदा वडावासीको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

स्वास्थ्य चौकीको भवन सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको एक करोड ५० लाख ९० हजार लागतमा निर्माण सुरु भएको थियो । भवन अभावमा पुरानै साँघुरो भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख रमेश रिजालको भनाई छ । हाल सञ्चालनमा रहेको स्वास्थ्य चौकीको सानो घरको कोठामा स्टोर गरेर राखेको औषधीमा वर्षाको पानी चुहिएर र मुसाले खाएर नोक्सान पु¥याएको स्वास्थ्यकर्मी मेरिना राईको भनाइ छ । उनका अनुसार स्टोरमा राखेको आधाभन्दा बढी औषधी पानीले भिजेर सडेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू