Ads

काठमाडौंबाट ३० लाखसहित तीन चिनियाँ नागरिक पक्राउ


काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मंगलबार काठमाडौंबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) पक्राउ परेका हुन् । यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

हाल सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू