काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेकाे मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोख्न थालिएको हो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
उनका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी सुन रहेछ । ब्रेक सुबाट सुन निकाल्दा ६० किलो भएको थियो ।
गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसै अनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए ।
भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो ।
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
प्रतिक्रिया दिनुहोस्