काठमाडौँ । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो ।
स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन्। उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।
स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह-आयोजक अष्ट्रेलिया खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्