काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ ।
अध्यक्ष ओलीसँग कुरा गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेका छन्। अहिले ओली र रावलबीच च्यासलमा कुराकानी भइरहेको स्रोतले जानकारी दियो।
२०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो।
गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन्।
एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आएका थिए। गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो।
प्रतिक्रिया दिनुहोस्