Ads

चितवन, धनुषासहित चार जिल्लाका सिडिओ फेरिए


काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ ।

मन्त्रालयले मंगलवार गरेको निर्णयानुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन् ।

सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ ।

त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ ।

उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ

Ads

सम्बन्धित पोष्टहरू