काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।
संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन् । बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्