Ads

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।

बुधबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न शीतल निवास पुगेको ओलीको सचिवालयले जनाएको छ। उनले पछिल्लो समसामयिक राजनीतिक र प्रतिनिधिसभामा देखिएको अवरोध लगायतका विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले केही दिन अगाडि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेट गरेका थिए। उनले संसदमा देखिएको अवरोधको विषयमा चासो समेत राखेका थिए।

Ads

सम्बन्धित पोष्टहरू