Ads

सार्वजनिक यातायातको भाडा बढ्यो, नयाँ भाडादर कति ? (सूचीसहित)


काठमाडाैँ । सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ।

काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो।

काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो।

काठमाडौं–गुलरियाको समायोजित भाडादर १ हजार ६०८ रहेको छ। यसअघि त्यस रूटमा १ हजार ५३६ रूपैयाँ भाडादर थियो।
काठमाडौंदेखि गोरखासम्मको नयाँ भाडा ४५२ तोकिएको छ। यसअघि त्यस रूटमा ४३२ रूपैँया थियो।

काठमाडौं धरानको नयाँ भाडा १ हजार ५३३ रुपैयाँ कायम भएको छ। नयाँ समायोजनपूर्व त्यहाँको भाडादर १ हजार ४६४ थियो।

विभागअन्तर्गतको सवारी परीक्षणको कार्यालयबाट ‘स्तरीय डिलक्स’ अनुमति लिएकाले तोकिएको भाडामा २० प्रतिशत थप गरेर लिन पाउने बताइएको छ।

कहाँको भाडा कति?

Ads

सम्बन्धित पोष्टहरू