Ads

‘सत्तापक्षको जबर्जस्तीले संसद् अवरुद्ध छ, सत्तापक्षले नै खुलाउनुपर्छ’:ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने भनेको बताए । ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ,’ ओलीले भने, ‘संसद् अवरोध गर्नुहुदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’

संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले छलफलकालागि बोलाएपछि ओली शितलनिवास पुगेका थिए । राष्ट्रपति पौडेल र ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू