Ads

आज संघीय संसदका विभिन्न तीनवटा विषयगत समितिका बैठक बस्दै


काठमाडौं । संघीय संसदका विभिन्न तीनवटा विषयगत समितिका बैठक बस्दैछन् । संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा समितिको बैठक तय भएको छ ।

सचिवालयका अनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक साढे ११ बजे र सार्वजनिक लेखा समितिको बैठक भने १ बजेका लागि बोलाइएको छ । समितिका बैठकहरू बस्न लागे पनि ती समितिले हालसम्म नेतृत्व पाउन सकेका छैनन् । जसका कारण ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छन् ।

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले यसअघि बसेको लेखा समितिको बैठकमा सभापति चयन नभएसम्म आफू बैठकमा नआउने घोषणा गरेका थिए । आजको लेखा समिति बैठकमा एमालेले के गर्छ भन्ने चासोको विषय बनेको छ । यदि एमाले बैठकमा सहभागी नभए बैठक बस्न कोरम पुग्ने छैन । त्यस्तो अवस्थामा बैठक स्थगित हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू