Ads

राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । दलहरुबीच सहमति जुट्ने सम्भावना नदेखेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाउने तयारी भएको स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले राजनीतिक दलका नेताहरुको अनुकुल समय हेरेर छिटै बैठक बोलाउने तयारी गरेका छन् ।

यसबारे अन्य दलहरूले पनि आफ्नो तर्फबाट तयारी गरिरहेका छन् । सर्वदलिय बैठकका बारेमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री, विपक्षी दलका नेता र कांग्रेस सभापतिसँग छलफल गरिसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू