Ads

१ सय ३३ पालिका प्रमुख प्रसासकीय अधिकृत विहिन


काठमाडौ \ देशभरका ७ सय ५३ मध्ये करिब १८ प्रतिशत अर्थात् एक सय ३३ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । निमित्तको भरमा चल्दा ती स्थानीय तहको आर्थिक कारोबार प्रभावित मात्र भएको छैन, नागरिकले पाउने सेवामा पनि प्रत्यक्ष असर परेको छ । तालुकदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व भने सत्ता गठबन्धनको भागबण्डामा पर्दा अस्थिर छ ।

सुदूरपश्चिम प्रदेशका २८ गाउँपालिका र १३ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । बाजुरा, अछाम, बझाङ, दार्चुला, कञ्चनपुर र बैतडी जस्ता दुर्गम जिल्लाका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पटक(पटक सिंहदरबार धाएका छन् । तर संघले त्यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।

कर्णाली प्रदेशका पनि २२ गाउँपालिका र १३ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । मधेशका दुई गाउँपालिका तिलाठी कोईलाडी र महादेवामा संघका प्रतिनिधि छैनन् । त्यस्तै कोशीका २२, बागमतीका १६, गण्डकीका ९ र लुम्बिनी प्रदेशका ८ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् ।स्थानीय सरकार सञ्चालन ऐन(२०७४ अनुसार महानगरपालिका र उपमहानगरपालिकामा सह(सचिव, नगरपालिकामा उपसचिव र गाउापालिकामा अधिकृतस्तरको प्रमुख प्रशासकीय अधिकृत हुनुपर्छ । तर, तोकिए बमोजिम अधिकृत हुनु त कहाा हो कहाा १८ प्रतिशत स्थानीय तह निमित्तको भरमा छन् । जसले सुशासनमा असर पर्ने विज्ञ बताउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू