Ads

व्यवस्थित पारिदै दमक वसपार्क


दमक\ झापाको दमक नगरपालिकाले दमक बसपार्कलाई व्यवस्थित गर्ने भएको छ । दमक नगरपालिकाको १३औँ नगर सभाबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सम्बन्धमा सरोकारवालाहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले दमक बसपार्क व्यवस्थापन र सुरक्षाका लागि आवश्यक काम सुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिएका छन् ।

नगर प्रमुख थापाका अनुसार बसपार्क हाताभित्र कुनै पनि आपराधिक गतिविधि तथा घटनाहरू नियन्त्रण सहित शान्ति सुरक्षाका लागि आवश्यक स्थानहरूमा सिसी क्यामरा जडान गर्ने गरी काम अघि बढेको छ । यातायात व्यवस्थापन समिति अन्तर्गत गठित बसपार्क व्यवस्थापन उपसमितिलाई थप क्रियाशील बनाई बसपार्क हाताभित्र थप व्यवस्थापकीय काम सुरु गर्नेपनि थापाले जनाए । बसपार्कबाट पूर्वतर्फ नगरपालिका जाने मूल सडक हुँदै पूर्व पश्चिम लोकमार्गको रतुवा पुलसम्म कुनैपनि यात्रुवाहक सवारीसाधन बस, कार, भेन, ट्याम्पो, सिटि सफारीले स्टेण्ड कायम गरी रोक्न निषेध गरिएको छ ।

बसपार्क हाताभित्र रहेको टर्मिनल भवन बाहेक अन्यत्र टिकट बुकिङ काउन्टर राख्न पूर्ण रूपले निषेध गर्ने र कहीँ कतै राखेको पाइएमा तत्काल हटाउने निर्णय भएको र भदौ १ देखि यसलाई पूर्ण कार्यान्वयन गरिने दमक वडा नं. ३ का वडाध्यक्ष एवम् दमक नगर यातायात व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू