Ads

सदन खुलाउन प्रधानमन्त्रीसँग छलफल गर्दै


काठमाडौ \ सदनको अवरोध खुलाउने विषयमा केहि समययता सभामुख देवराज घिमिरे सक्रिय बनेका छन् । यसै क्रममा उनले अहिले बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दै छन् । सभामुख र प्रधानमन्त्री विच सरकारी निवास बालुवाटारमा छलफल हुने घिमिरेको सचिवालयले जनाएको । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरि सकेका छन् ।
सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू