काठमाडौँ । आज शुक्रवारबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । गणेशदेव पाण्डेको निर्देशनमा बनेको ‘जुलेबी’ र मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ हलमा लागेका हुन् ।
प्रेमकथामा निर्माण भएको ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, भोला सापकोटा लगायतको अभिनय छ । यो फिल्म भने सबै उमेरका दर्शकका लागि खुला छ ।
त्यस्तै, रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा रजक, मोनिका थापा लगायतको अभिनय रहेको छ । यो फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्