Ads

चार्टर्ड विमानबाट नेपाल आएका बंगलादेशी पर्यटकलाई यसरि गरियो स्वागत (तस्बिरहरू)


काठमाडौँ । बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन् ।

जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत् नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत् बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ । एउटै कम्पनीमार्फत् ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो ।

 

Ads

सम्बन्धित पोष्टहरू